काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १ हजार २१ दशमलव ८२ कायम भएको छ ।
नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता रू. १ हजार १२४ अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर आइतवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।