काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको सोमबार (मंसिर २५ गते) बसेको बैठकले यस वर्ष शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरिने पनि जनाएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएपछि वित्तीय विवरण आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने निर्णय कम्पनीले जनाएको छ ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।