काठमाडौं । सांग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेलाई 'लाइफ टाइम अचिभमेन्ट इन बिजनेश लिडरसिप अवार्ड'बाट सम्मान गरिएको छ ।
पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै उनलाई न्यू बिजनेश एज प्रालिले शुक्रवार (आज) आयोजना गरेको ‘न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस्–२०२४’ मा उक्त अवार्डबाट सम्मान गरिएको हो । ्
स्वास्थ्य अवस्था बिग्रिएका कारण उनी कार्यक्रममा उपस्थित हुन नसकेपछि उनको परिवारका सदस्यलाई उक्त अवार्ड हस्तान्तरण गरिएको छ ।
त्यसअघि विभिन्न १० विधामा पनि अवार्ड वितरण गरिएको थियो ।