काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंकको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयर मूल्य रू. २४७ दशमलव ४३ कायम भएको छ ।
नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस बैंकको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २४७ दशमलव ४३ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।