काठमाडौं । अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक १ दशमलव ८६ प्रतिशत अर्थात ४८ दशमलव ८६ अंक वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार ५८६ दशमलव २३ विन्दुमा रहेकोमा गत साताको अन्तिम कारोबार दिन अर्थात हिजो २ हजार ६३५ दशमलव ०९ विन्दुमा पुगेको छ ।
अघिल्लो साता चार कारोबार दिनमा बजार दुई दिन बढेको थियो भने दुई दिन घटेको थियो । पहिलो कारोबार दिन २१ दशमलव १२ अंक र दोस्रो दिन ३३ दशमलव शून्य ८ अंक घटेको बजार तेस्रो दिन ५ दशमलव १० अंक र चौथो दिन ४ दशमलव ६३ अंक बढेको हो । गत साता नेप्से चार कारोबार दिनमा ६६ दशमलव ९८ अंक बढेको थियो भने एक दिन १८ दशमलव १४ अंक घटेको छ ।
गत साता बजारका महत्त्वपूर्ण सबै सूचकहरू बढेको छन् । अघिल्लो साताभन्दा सेन्सेटिभ इन्डेक्स १ दशमलव १२ प्रतिशत वृद्धि भएको छ । कुल कारोबार रकम अघिल्लो साताको तुलनामा गत साता ५६ दशमलव ४० प्रतिशत वृद्धि भएको छ । अघिल्लो सातामा कुल रू. १ढ अर्ब ३५ करोड बराबरको कारोबार भएकोमा यस साता रू. ३० अर्ब २६ करोड भन्दा बढीको कारोबार भएको हो ।
अघिल्लो साता ४ करोड ३७ लाख ९४ हजार ३३२ कित्ता शेयर कारोबार भएकोमा गत साता ६ करोड ८१ लाख ५५ हजार ७२१ कित्ता भएको छ ।
औसतमा कारोबार रकम २५ दशमलव १२ प्रतिशत र कारोबार कित्ता २४ दशमलव ५० प्रतिशत वृद्धि भएको छ । अघिल्लो साता औसतमा ४ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा गत साता औसतमा ६ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
गत साताको कारोबारमा सूचीकृत कम्पनीहरूको धितोपत्र मूल्य ८१ अर्ब ३ करोडरुपैयाँले वृद्धि छ । कुल बजार पूँजीकरण अघिल्लो साताको अन्तिम कारोबार दिन ४२ खर्ब ८९अर्ब ७८ करोड रुपैयाँ रहेकोमा गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७० अर्ब ८२ करोड रुपैयाँ कायम भएको हो । पुस मसान्तको दबाब सकिएसँगै लगानीकर्ताले पुन लगानी बढाएका कारण नेप्से र कारोबार रकम दुबै बढेको हो ।
सातागत परिसूचकको तुलना | ||||
विवरण | गत साता | अघिल्लो साता | फरक | फरक प्रतिशत |
विवरण | गत साता | अघिल्लो साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | २,६३५.०९ | २,५८६.२३ | ४८.८६ | १.८९ |
सेन्सेटिभ इन्डेक्स (अंक) | ४४८.५४ | ४४३.५६ | ४.९८ | १.१२ |
कारोबार रकम (रू. हजारमा) | ३०,२६३,६४१.४९ | १९,३५०,२८२.५७ | १०,९१३,३५८.९२ | ५६.४ |
कारोबार कित्ता | ६८,१५५,७२१.०० | ४३,७९४,३३२.०० | २४,३६१,३८९.०० | ५५.६३ |
औसत कारोबार रकम (रू. हजारमा) | ६,०५२,७२८.३० | ४,८३७,५७०.६४ | १,२१५,१५७.६६ | २५.१२ |
औसत कारोबार कित्ता | १३,६३१,१४४.२० | १०,९४८,५८३.०० | २,६८२,५६१.२० | २४.५ |
जलविद्युत समूहका लगानीकर्ताले सर्वाधिक कमाए
गत साताको कारोबारमा जलविद्युत समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये यस समूहको सूचक सबैभन्दा बढी ५ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ । यस समूहका धेरैजसो कम्पनीहरूको शेयर सख्या कम हुन्छ । जसका कारण आपूर्ति कम हुने भएकाले शेयर मूल्य बढ्ने ब्रोकर बताउँछन् । यसोत कतिपय कम्पनीको लकिङ् पिरियड खोल्न बाँकी रहेको छ । यस्ता कम्पनीको शेयर मूल्य कारोबारीहरूले बढी कारोबार गरी शेयर मूल्य बढाइरहेका हुन्छन् । जस कारण समग्र जलविद्युत समूहको सूचक बढेको हो । त्यस्तै दोस्रोमा होटल तथा पर्यटन समूहको ४ दशमलव ६१ प्रतिशत,वित्त समूहको ४ दशमलव ४७ प्रतिशत,विकास बैंकको ३ दशमलव ७७ प्रतिशत र लगानी समूहको सूचक २ दशमलव ८४ प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै जीवन बीमा समूहको सूचक २ दशमलव ५८ प्रतिशत,लघुवित्तको १ दशमलव ३७ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव ०४ प्रतिशत,अन्य समूहको शून्य दशमलव ९६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको सूचक शून्य दशमलव ५८ प्रतिशत वृद्धि भएको हो ।
घट्नेमा म्युचुअल फण्डको शून्य दशमलव ०५ प्रतिशत,ब्यापार समूहको शून्य दशमलव १२ प्रतिशत र बैंकिङ्ग समूहको सूचक शून्य दशमलव ३८ प्रतिशत घटेको छ ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन | |||
विवरण | गत साता | अघिल्लो साता | फरक प्रतिशत |
जलविद्युत् | ३,६७४.६२ | ३,४८०.६३ | ५.५७ |
होटल तथा पर्यटन | ६,६९६.३५ | ६,४०१.४८ | ४.६१ |
वित्त | ३,०३३.०४ | २,९०३.२५ | ४.४७ |
विकास बैंक | ५,४८८.०९ | ५,२८८.५८ | ३.७७ |
लगानी | १०१.२४ | ९८.४४ | २.८४ |
जीवन बीमा | १२,७२०.४० | १२,४००.९४ | २.५८ |
लघुवित्त | ४,९५६.१७ | ४,८८९.३३ | १.३७ |
निर्जीवन बीमा | १२,५७९.३० | १२,४४९.९० | १.०४ |
अन्य | १,९२१.९६ | १,९०३.७१ | ०.९६ |
उत्पादन तथा प्रशोधन | ६,७६९.६० | ६,७३०.७९ | ०.५८ |
म्युचुअल फण्ड | २०.२८ | २०.२९ | -०.०५ |
व्यापार | ४,४६१.५८ | ४,४६६.९८ | -०.१२ |
बैंकिङ्ग | १,३८४.६० | १,३८९.८५ | -०.३८ |