सो अवसरमा सामाजिक सुरक्षाकोषका निर्देशक पुरुषोत्तम अधिकारीले सामाजिक सुरक्षालाई प्रत्याभूति गर्न कोषले पहिलो चरणमा प्रसूति बीमाको योजना ल्याउन लागेको जानकारी दिए । रासस
ऐन अभावका कारण मजदुरले विभिन्न बीमा गर्न समेत पाएनन्
फागुन २६, विराटनगर । सरकारले सामाजिक सुरक्षा कोष ऐन नल्याएका कारण श्रमिक र कामदारले बर्सेनि बुझाउने एक प्रतिशत सामाजिक सुरक्षा करको सदुपयोग हुन नसकेको गुनासो मजदुरले गरेका छन् ।
सामाजिक सुरक्षा कोषमा २०७१ असारसम्ममा रू. ६ अर्ब ५२ करोड जम्मा भइसकेको अवस्थामा ऐन अभावका कारण मजदुरलाई राहत प्राप्त नभएकालेउनीहरूले गुनासो गरेका हुन् ।
सामाजिक सुरक्षा कोष र नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा सोमबार विराटनगरमा आयोजित अन्तरक्रियामा सहभागीले ऐन नभएका कारण सामाजिक सुरक्षा कोष नियमावलीमा व्यवस्था गरिएका दुर्घटना भएको स्थितिमा बीमा,बिरामी बीमा,प्रसूति,आश्रित अशक्तता, वृद्धावस्था, औषधोउपचारलगायतका बीमा कार्यान्वयन हुन नसकेको हो ।
एकीकृत सामाजिक सुरक्षाकोष ऐन लागू भए सामाजिक सुरक्षाको दायित्वबाट सरकारलाईसमेत फाइदा हुने भएकाले तत्काल ऐन ल्याउन र सामाजिक सुरक्षा करका नाममा उठाइने रकम कोषको खातामा राख्नुपर्ने मजदुर प्रतिनिधिले सुझाव दिएका छन् ।
सो अवसरमा सामाजिक सुरक्षाकोषका निर्देशक पुरुषोत्तम अधिकारीले सामाजिक सुरक्षालाई प्रत्याभूति गर्न कोषले पहिलो चरणमा प्रसूति बीमाको योजना ल्याउन लागेको जानकारी दिए । रासस