काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार फण्डले असार मसान्तसम्ममा रू. २ करोड ८ लाख नाफा कमाएको छ । यो रकम जेठ मसान्तको तुलनामा २३४ प्रतिशत बढी हो । जेठ मसान्तसम्ममा फण्डले रू. ६२ लाख २२ हजार नाफा कमाएको थियो ।
असारमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । जेठ मसान्तमा फण्डको जम्मा आम्दानी रू. १ करोड ११ लाख रहेकोमा असार मसान्तमा बढेर रू. २ करोड ६२ लाख पुगेको छ ।
नाफासँगै फण्डको न्याभ पनि बढेको छ । जेठ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २९ पैसा रहेकोमा असार मसान्तमा बढेर १० रुपैयाँ ७६ पैसा पुगेको हो ।
त्यस्तै यस फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । जेठ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू.२२ करोड ९६ लाख लगानी गरेकोमा असार मसान्तमा बढाएर रू. २४ करोड ९१ लाख पुर्याएको छ ।