काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आार्थिक वर्ष ०८०/८१ को मुनाफाबाट करसमेत ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
कम्पनीले साधारण सभा सम्पन्न भएकै दिनदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरिएको जानकारी दिएको छ । गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज गरेकाले पुस १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश पाएका छन् । पुस १३ गतेसम्म शेयर धितो राखी कर्जा उपयोग गरेका शेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र प्राप्त भएपछि मात्र लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।
हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका र हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरूलाई कम्पनीले यथाशीघ्र अद्यावधिक गराई लाभांश प्राप्त गर्न आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।