काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजना कात्तिकमा रू. ४८ लाख ५६ हजारभन्दा बढी नोक्सानीमा रहेको छ । असोज मसान्तसम्मको तुलनामा योजनाको नोक्सानीमा कमि आएको हो । असोज मसान्तसम्म योजना रू. ७७ लाख ८७ हजारभन्दा नोक्सानीमा रहेको थियो ।
कात्तिकमा योजनाको प्राप्त भइसकेको आम्दानी रू. ४६ लाख ५८ हजारभन्दा बढी रहेको छ । यस अवधिसम्म योजनाको जम्मा खर्च रू. १४ लाख ८३ हजारभन्दा बढी रहेको छ ।
धितोपत्र र बैंक मुद्दती निक्षेपमा लगानी गरी नाफा कमाउने उदेश्य सहित सञ्चालित यस योजना खुलामुखी प्रकृतिको योजना हो ।
कात्तिक महीनासम्म योजनाले धितोपत्र तथा बैंक मुद्दती निक्षेपमा गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिसनसहित रू. २३ करोड ७ लाखभन्दा बढी रहेको छ । योजनाको लगानीको बजार मूल्य भने रू. १७ करोड ८५ लाखभन्दा बढी रहेको छ । योजनाले गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य कम रहेको छ । असोज मसान्तसम्मको तुलनामा योजनाको लगानीको बजार मूल्य भने बढेको छ । असोज मसान्तसम्म योजनाको लगानीको बजार मूल्य रू. १६ करोड ४७ लाखभन्दा बढी रहेको थियो ।
कात्तिक महीनामा योजनाको प्रति इकाई खुद मूल्य रू. ७ दशमलव ८९ रहेको छ । यो मूल्य असोज मसान्तसम्म रू. ७ दशमलव ७८ रहेको थियो । कात्तिकसम्म योजनाको २ करोड ७८ लाख ३० हजार ७८ दशमलव ६३ इकाई कायम भएको छ ।