काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ४९ शाखा कार्यालयमार्फत विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ थिममा बैंकले चैत ४ देखि १० गतेसम्म सर्वसाधारण लक्षित वित्तीय साक्षरता कार्यक्रम गरेको बताइएको छ ।
बैंकले कोशी प्रदेशको भोजपुर, विराटनगर, बिर्तामोड, इटहरी, कर्सिया र शहीदभूमि, मधेश प्रदेशको वीरगञ्ज, निजगढ, बोदेबर्साइ र जनकपुरमा साक्षरता कार्यक्रम गरेको हो । त्यस्तै बागमती प्रदेशको भरतपुर, भैंसेपाटी, मनहरी, मंगलपुर, चरिकोट, नारायणगढ, नारायणगोपाल चोक, धुमबाराही, ग्वार्को, नयाँबजार, हरिहरपुरगढी, ज्यामिरे, टाँडी, कुलेश्वर, टेकु, लामबगर, डिल्लीबजार र सिन्धुलीमा बैंकले साक्षरता कार्यक्रम गरेको हो ।
बैंकले गण्डकी प्रदेशको अमरापुरी, धारापानी बागलुङ, चामे, दमौली, कावासोती र कोल्हुवा, लुम्बिनी प्रदेशको तुलसीपुर, जीतपुर, कालिकानगर, मणिग्राम, ओडारी, कोहलपुर र सुख्खानगर, कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, जुफल, सिमीकोट र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको ढकारी र पाटनमा वित्तीय साक्षरता कार्यक्रम गरिएको हो ।