काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ‘द मल्ल होटल’बीच बैंकका ग्राहकलाई छूट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षरपश्चात् बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले होटलमा १५ प्रतिशत छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।
प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । बैंकले २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।