भक्तपुर । जिल्लाको नगरकोटबाट देखिने सूर्यविनायक जंगल रहेको पहाड पछिल्लो समय सामाजिक संजालमा स्लिपिङ बुद्ध (सुतेका भगवान बुद्ध)का नामले चर्चित हुँदै गएको छ ।
टाढाबाट नियाल्दा सुतिरहेको बुद्ध मूर्ती जस्तो आकृति देखिने भएकाले यो पहाडलाई स्लिपिङ बुद्धको नामले चिनिन थालेको हो । हाइकिङको लागि परिचित सूर्यविनायक जंगल जाडोको मौसममा सूर्यास्तको समयमा अझ रोमाञ्चक देखिन्छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान