काठमाडौँ । सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल लिमिटेडले १२ प्रतिशत हकप्रद शेयर वैशाख ११ गते निष्कासन गर्ने भएको छ । कम्पनीको गत मंसिर ६ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले १०० बराबर नयाँ १२ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको हो ।
सम्बन्धित शेयरधनीहरुले आगामी जेठ १५ गतेसम्म आवेदन पेश गर्नुपर्नेछ । ललितपुर पुल्चोक–३ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।