काठमाडौँ । बुधवार घटेको सुनचाँदीको मूल्य बिहीवार भने बढेको छ । बिहीवार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला २ हजार १० रुपैयाँ कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव हुँदा नेपालको बजारमा पनि त्यसको असर देखिएको हो । सुनचाँदीको मूल्यमा वृद्धि भए पनि कारोबार भने घटेको सुनचाँदी व्यवसायीहरुको गुनासो छ ।