काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ५२६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले कान्तिपुर एयर ट्राभल्स एण्ड टुर्स प्रालिको नाममा रहेको ४० हजार कित्ता र चन्द्रकान्त भट्टराईको नाममा रहेको २ हजार ५२६ कित्ता शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा प्रतिकित्ता १०० रुपैयाँदेखि ६०० रुपैयाँसम्म मूल्य तोकेर यी शेयर विक्री गर्दा वितरण हुन नसकेको हो । विद्यमान संस्थापकहरूमा विक्री नभएपछि यी शेयर कम्पनीले अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी फागुन ८ गते कार्यालय समयभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको कर्पोरेट कार्यालय, विराटनगर, मोरङमा पेश गर्नुपर्नेछ । विद्यमान संस्थापकले समेत यी शेयर खरीदका लागि आवेदन पेश गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।