काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ लाख ८ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।
एनआईसी एशिया लघुवित्तको स्वामित्वमा रहेको यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । यसअघि असार १० गते यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गरिएको थियो । विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएपछि कम्पनीले उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र आवेदन पेस गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रीय कार्यालय बानेश्वर, काठमाडौंमा पेस गर्न सक्नेछन् । सर्वसाधारणमा विक्री गरिएको यी शेयर संस्थापक शेयरधनी समूहमै रहने जानकारी कम्पनीले दिएको छ ।