काठमाडौं । तीन ओटा क्यापिटलको साधारण सभा शुक्रवार (आज) हुँदैछ । एनएमबि क्यापिटल, एनआईबिएल एस क्यापिटल र सन्राइज क्यापिटलको साधारण सभा हुन लागेको हो । एनएमबि क्यापिटलले १२ औं वार्षिक साधारण सभा आरण्य बुटिक होटल, हात्तीसारमा ४ बजे गर्ने जानकारी दिएको हो ।
साधारण सभामा २१ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश करसमेत वितरण गर्ने प्रस्ताव पेश गरिनेछ । यस्तै, आव २०७८/७९ को वार्षिक प्रतिवेदन र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ । त्यसैगरी हाल कायम चुक्तापूँजीको रू. २० करोडको सत प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।
त्यसैगरी एनआईबिएल एस क्यापिटलले १०औंं वार्षिक साधारण सभा क्यापिटलको सभाहल लाजिम्पाटमा गर्ने जानकारी दिएको हो । कम्पनीकाे साधारण सभामा २० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै साधारण सभाले अन्य मर्चेन्ट बैंक गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारितका लागि पेश गरिनेछ ।
सन्राइज क्यापिटलले बाह्रौं वार्षिक साधारण सभा कमलपोखरीमा दिउँसो २ बजे गर्ने जानकारी दिएको छ । साधारण सभाले २५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ ।