काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ खरीदका लागि अन्तिम दिनसम्म १९ लाख ७४ हजार ७०९ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार चैत २६ गते साझ ५ बजेसम्म यी आवेदकहरुबाट २ करोड ३३ लाख ८४ हजार ५२० कित्ता शेयर खरीद माग भएको हो । यस आधारमा कम्पनीको एफपीओमा मागभन्दा ४५५ दशमलव ९१ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले चैत २१ गतेदेखि प्रतिकित्ता १०० रुपयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको ५१ हजार २९२ दशमलव ५ कित्ता एफपीओ निष्कासन गरेको हो । सर्वसाधारणमा यस अघिनै आईपीओ जारी गरिसकेको कम्पनीले सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको हो । कम्पनीले २०७५ साल वैशाख १२ गतेदेखि १६ गतेसम्म आईपीओ निष्कासन गरी वैशाख २३ गते बाँडफाँट गरेको थियो । धितोपत्र दोस्रो बजारमा २०७५ साल जेठ १७ गते कम्पनी सूचीकृत भएको थियो ।