काठमाडौं । यो वर्ष नेप्से परिसूचक ४ दशमलव ७० प्रतिशत बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार गत वर्षको अन्तिम कारोबार दिन (२०७९ चैत ३० गते) १ हजार ९३४ दशमलव ४७ विन्दुमा कायम भएको नेप्से परिसूचक यो वर्षको अन्तिम कारोवार दिन (चैत २८ गते) २ हजार २५ दशमलव ३० विन्दुमा कायम भएको छ । यस आधारमा यस वर्ष परिसूचक ९० दशमलव ८३अंक बढेको छ ।
समीक्षा अवधिमा सेन्सेटिभ इन्डेक्स २ दशमलव ६६ प्रतिशत घटेको छ । गत वर्षको चैत ३० गते ३६७ दशमलव ९८ विन्दुमा रहेको यो इन्डेक्स यो वर्षको चैत २८ गते ३५८ दशमलव १९ विन्दुमा झरेको छ । त्यस्तै फ्लोट इन्डेक्स भने यस वर्ष १ दशमलव १२ प्रतिशत वृद्धि भएको छ ।
त्यसैगरी, सेन्सेटिभ फ्लोट इन्डेक्स भने यो वर्ष ४ दशमलव ४९ प्रतिशत घटेको छ । गत चैत ३० गते यो इन्डेक्स १२२ दशमलव ५७ विन्दुमा रहेकोमा चैत २८ गते ११७ दशमलव ०७ कायम भएको हो ।
यो वर्ष नेप्से परिसूचक उच्च विन्दुमा कायम हुँदा २ हजार २२७ दशमलव १७ विन्दुसम्म पुगेको थियो भने न्यून विन्दुमा रहँदा १ हजार ८१८ दशमलव ३१ विन्दुसम्म झरेको थियो ।
एक वर्षको नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्सको तुलना