असोज २०, काठमाडौं (अस) । बीमा समितिको कर्मचारी सङ्घको अध्यक्षमा शम्भुप्रसाद मिश्र निर्वाचित भएका छन् । बिहीवार राजधानीमा आयोजित सङ्घको तेस्रो महाधिवेशनले मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । यस्तै, सङ्घका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष वैकुण्ठ घिमिरे, महासचिव पीताम्बर पराजुली, सचिव कुसुम शर्मा र कोषाध्यक्ष केशवप्रसाद दाहाल रहेका छन् ।
त्यसैगरी निवर्तमान अध्यक्ष पूर्णबहादुर थापा पदेन सदस्यामा रहने पनि सङ्घले बताएको छ । यस्तै, अन्य सदस्यहरूमा भेषराज भट्ट, सानुकाजी कुँवर र राजेन्द्र खतिवडा रहेका छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.