काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
बुटवल पावर कम्पनीको १६ लाख २७ हजार ३७८ कित्ता र प्राइम लाइफ इन्स्योरेन्सको ३६ लाख १३ हजार ५०० दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
बुटवल पावर कम्पनीले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।