logo
एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा असार १६ मा, बुक क्लोज कहिले ?
एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा असार १६ मा, बुक क्लोज कहिले ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सत्रौं वार्षिक साधारण सभा असार १६ गते गर्ने भएको छ ।

कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले सभा सिद्धार्थ होटल बिर्तामोड झापामा बिहान ११ बजे गर्ने जानकारी दिएको हो । सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा आवश्यक सम्पूणर् कार्य गर्ने अख्तियारी सञ्चालन समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै मर्जर प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालनको निर्वाचन गर्नेछ ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ४ गतेदेखि १६ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा असार ३ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन योग्य हुनेछन् । 


 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.