काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ ।
पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यस कम्पनीले आर्थिक वर्ष ०७७/७८ पछि लाभांश वितरण गरेको छैन । त्यसअघिका वर्ष कम्पनीले निरन्तर लाभांश वितरण गर्दै आएको थियो ।
आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट भने कम्पनीले ८ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशलमव ४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यो कम्पनीको वितरणयोग्य मुनाफा २३ करोड ३९ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।