काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलले छूट दिने भएको छ । बैंक र रिसोर्टबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकलाई फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५ प्रतिशतसम्म छूट दिइने भएको छ । छूट लिन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने बताइएको छ । ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न छूट तथा सुविधा बैंकले दिँदै आएको बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.