काठमाडौं। स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)को प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत घिमिरेले बिहीवार कम्पनीका अध्यक्ष रविनकुमार नेपाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरूको सहभागिता थियो । बैंक अफ एशिया (हालको एनआईसी एशिया बैंक)बाट आफ्नो बंैकिङ करियर शुरुआत गरेका घिमिरे यसअघि लक्ष्मी सन्राइज बैंकमा प्रमुख कार्ड सर्भिसको रूपमा कार्यरत थिए ।
बैंकिङ तथा डिजिटल भुक्तानी (कार्ड, क्युआर मोबाइल बैंकिङ)मा १५ वर्षभन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई थप उचाइमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताए । डिजिटल भुक्तानीको क्षेत्र वृद्धि हुने क्रममा रहेको र एससीटीले यो क्षेत्रमा पुर्याउन सक्ने योगदान धेरै रहेको उनको भनाइ छ । आफू कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम शुरू गर्न पाउँदा निकै उत्साहित भएको प्रमुख कार्यकारी अधिकृत घिमिरेले बताए ।