काठमाडौं। सिद्घार्थ बैंक लिमिटेडले दशैंको अवसरमा विशेष योजना ल्याएको छ । ‘दशैं टुएक्स रिवार्ड्स अफर’अन्तर्गत बैंकका ग्राहकले असोज ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैंकिङ कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्ने बताइएको छ ।
बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवाडर््स कार्यक्रमअन्तर्गत बैंकको कार्ड प्रयोग गरी गरिएको खरीद र मोबाइल बंैकिङबाट गरिएको टपअपको आधारमा रिवार्डसमा सामान्यतया प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सकिनेछ । यसरी आर्जन गरिएको प्वाइन्ट्सलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा तथा इन्टरनेट बिल पेमेन्ट जस्ता विभिन्न सेवाको भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिने बताइएको छ ।
यस योजनाले ग्राहकको डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्नुका साथै आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने बैंकको अपेक्षा छ । यस योजनामार्फत ग्राहकको विश्वासलाई थप बलियो बनाई डिजिटल बैंकिङ कारोबारलाई उत्कृष्ट बनाउने विश्वास बैंकको छ । अफरका बारेमा थप जानकारीका लागि बैंकको चौबिसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बताइएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ‘सिद्धार्थ रिवाडर््स’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।