लिच्छविकालमा हंशगृहद्रंग नामले चिनिने लुभू बस्तीलाई गंगा महारानीले नेसं ६७२ तिर सुनको थाल बेचेर व्यवस्थित गरेको इतिहास छ । ललितपुर, ग्वार्काेबाट ५ किमी पूर्वमा रहेको यो बस्तीभित्र प्रवेश गर्नासाथ कपडा बुन्ने हाते तान तथा मेशिनको एकोहोरो आवाज सुनिन्छ । लुभूमा ५० भन्दा माथिको संख्यामा कपडा उद्योग सञ्चालनमा रहेका छन् । कपडा उद्योगको कारणले अहिले पनि लुभूलाई मिनी जापानको उपनामले चिनिने गरेका छन् ।
कपडा उद्योगको विकास : विसं १९९५ तिर घरघरबाटै हाते तानको प्रयोग गरी कपडा बुन्ने कामको थालनी भइसकेको थियो । स्थानीय बासिन्दा रामलाल श्रेष्ठको अगुवाइमा लुभूका बासिन्दालाई घरघरमा तान, धागो आदि कच्चा मालवस्तु दिएर कपडा बुन्न लगाएका थिए । लुभूमा विसं २०१०–२५ सालसम्म परम्परागत तानबाट सक्कली ढाका कपडा बुन्ने गथ्र्याे । विसं २०२६ सालमा आएर नेपालमा बनेको सेमीअटोलुम र विसं २०३१ सालतिर आएर स्वचालित मेशिनको प्रयोग गरी व्यावसायिक रूपमा कपडा बुन्न थालियो । अहिले विदेशबाट झिकाइएको अत्याधुनिक मेशिनको प्रयोग गरी विभिन्न किसिमका कपडा बुन्ने गरिन्छ । आप्mनै घर, टहरा तथा जग्गा भाडा (लीज)मा लिएर समेत कपडा उद्योग सञ्चालन गर्दै आएका छन् । यहाँका हरेक मानिसको घरघरमा हाते तान, वार्पिङ मेशिनदेखि अत्याधुनिक स्वचालित मेशिनको प्रयोग गरी कपडा बुन्ने गरेका कारण लुभू औद्योगिक क्षेत्रझैं बनेको छ । यहाँका उद्योगबाट सुती, खद्दर, ढाका, जरी, जिन्स, पोलिूटर, ऊनी, पश्मिनाजस्ता विभिन्न डिजाइनमा कपडा उत्पादन हुने गरेका छन् । यसले स्वदेशमै रोजगारको अवसर प्रदान गरेको छ । अहिले उत्पादित कपडा बजारमा राम्ररी विक्री नभएको कुरा यहाँका व्यवसायी बताउँछन् । विश्वभरि पैmलिएको कोरोना संक्रमणको असर लुभूको कपडा उद्योगमा पनि परेको देखिन्छ ।
उद्योगलाई व्यवस्थित तरीकाले सञ्चालन गर्नका लागि यहाँका उद्योगी, व्यवसायीहरूले केही समय पहिले ललितपुर जिल्लाको लामाटारमा औद्योगिक ग्राम स्थापना गर्ने तयारीमा लागेका थिए । तर, अहिलेसम्म पनि काम अघि बढ्न सकेको देखिँदैन । औद्योगिक क्षेत्र सञ्चालनमा आएमा त्यसभित्र सञ्चालित उद्योगमा प्रचलित कानूनबमोजिम लाग्ने एकीकृत सम्पत्ति करलगायत अन्य स्थानीय कर लाग्ने छैन । क्षेत्रभित्र नयाँ उद्योग सञ्चालन गर्न चाहने उद्योगी, व्यवसायीको प्रवेश हुन्छ । छरिएर रहेका विभिन्न उद्योगहरू एकै ठाउँमा संगठित भई सुरक्षितका साथ काम गर्ने अवसर पाउँछ । त्यसैले ग्राम स्थापनाका लागि राज्यका तर्फबाट आवश्यक व्यवस्था हुनुपर्छ ।
उद्योगको दायित्व : औद्योगिक व्यवसाय ऐन, २०७३ अनुसार उद्योगबाट उत्पादन हुने वस्तु वा सेवाको प्रकृतिको आधारमा कपडा उद्योग उत्पादनमूलक उद्योगको कोटीमा पर्ने देखिन्छ । यस्ता उद्योग कानूनबमोजिम दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्छ । प्रत्येक उद्योगले व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महीनाभित्र दर्ता गर्ने निकायमा विवरण उपलब्ध गराउनुपर्छ । सञ्चालनमा आएका यस्ता उद्योग स्थानान्तरण, बन्द तथा दर्ता खारेजी कानूनी प्रक्रिया भित्र रहेर गर्नुपर्छ । कुनै उद्योगले जनस्वास्थ्यमा प्रतिकूल असर पारेमा सो कारणले प्रभावित व्यक्तिहरूका लागि स्वास्थ्य उपचार तथा भौतिक क्षतिको उचित क्षतिपूर्ति सम्बद्ध उद्योगी, व्यवसायीले गर्नुपर्ने गरी जनस्वास्थ्य सेवा ऐन २०७५ मा गरेको छ ।
उद्योगलाई सहुलियत : आर्थिक समृद्धिका लागि अर्थतन्त्रमा निजीक्षेत्रको भूमिकालाई महŒव दिने नीति राज्यको रहेको छ । उद्योगको विकास र प्रवद्र्धनका लागि विभिन्न स्वदेशी उद्योगलाई छूट तथा सहुलियतको व्यवस्था हुने गरी औद्योगिक व्यवसाय ऐनको दफा २२ र २३ मा गरेको छ । कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा अर्धप्रशोधित कच्चा पदार्थको प्रयोग वा प्रशोधन गरी मालवस्तु उत्पादन गर्ने उद्योगबाट आर्जित आयमा लाग्ने करको दरमा २० प्रतिशत छूट हुन्छ । उद्योगले गर्ने पूँजी लगानीको आधारमा पनि उद्योगलाई आयकर छूट हुने कानूनी व्यवस्था छ । तर, सञ्चालनमा रहेका उद्योगले पनि २५ प्रतिशत जडित क्षमता वृद्धि गरी सोबाट प्राप्त आयमा पनि आयकर छूट हुन्छ । उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरेमा प्राप्त आयमा लाग्ने करको दरमा २५ प्रतिशत छूट हुन्छ । उद्योगले आप्mना श्रमिक वा कर्मचारीको दीर्घकालीन हितमा गरेको खर्च आयकर प्रयोजनका लागि कट्टी गर्न पाउँछ । कुनै उद्योगले कर छूट पाउने संस्थालाई चन्दा वा उपहार दिएको रकममध्ये १ लाख रुपैयाँ वा उद्योगको आय वर्षको समायोजित करयोग्य आयको ५ प्रतिशतमध्ये जुन घटी हुन्छ, सो रकम आयकर प्रयोजनका लागि घटाउन पाउँछ । महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग दर्ता गरिएमा कानूनबमोजिम लाग्ने उद्योग दर्ता दस्तूरमा ३५ प्रतिशत छूट हुन्छ ।
देशभित्र उत्पादित वस्तु विदेशमा निर्यात गरेमा सो परिमाणको आधारमा त्यस्तो उत्पादनमा लागेको मूल्य अभिवृद्धि कर त्यस्तो उद्योगलाई फिर्ता दिइनेछ । उद्योगले आफ्नो व्यावसायिक प्रयोजनका लागि आयात गर्ने मेशिनरी, ट्रान्सफर्मर, १० किलोवाट वा सो भन्दा बढी क्षमताको जेनेरेटर र औद्योगिक उपकरणमा न्यूनतम दरमा भन्सार लाग्छ । कुनै उद्योगले नेपालमा सृजना भई दर्ता भएको बौद्धिक सम्पत्तिको निर्यातबाट प्राप्त हुने रोयल्टी आयमा लाग्ने आयकरको दरमा २५ प्रतिशत र आपूmले सृजना गरेको बौद्धिक सम्पत्ति हस्तान्तरण वा विक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा ५० प्रतिशतले छूट पाउँछ ।
अन्त्यमा, कपडा उद्योगमार्फत लुभू आर्थिक समृद्धितर्फ अघि बढिरहेको कुरामा दुईमत छैन । टेक्सटाइलसम्बन्धी ज्ञान भएको व्यक्ति, दक्ष कामदारको अभाव यहाँको उद्योगको समस्या हो । यहाँ उत्पादित कपडाले भारत, बंगलादेश लगायत विभिन्न देशका विदेशी कपडासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । स्वदेशी कपडाले बजार पाउन नसक्दा उद्योग संकटमा पर्नुसक्छ । त्यसैले स्वदेशी उद्योगको बजार प्रवर्द्धन गर्न सबै लाग्नुपर्छ । स्वदेशी उद्योगलाई दिएको विभिन्न कर छूट, सहुलियतबाट वञ्चित नहोस् भनेर यहाँका उद्योगी, व्यवसायी चनाखो हुनुपर्छ । त्यसैले उद्योग सञ्चालनमा आइपर्ने विभिन्न समस्या तथा पूरा गर्नुपर्ने दायित्वका बारेमा सबै उद्योगी, व्यवसायी एकजुट भएर लाग्न सकेको खण्डमा लुभूको कपडा उद्योगको भविष्य उज्ज्वल रहेको छ ।
लेखक अधिवक्ता हुन् ।