धरान । धरानमा प्रधान कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंकद्वारा कोशी प्रदेशको प्रादेशिक बैंकको दर्जा प्रदान गरेको छ ।
राष्ट्र बैंकले १ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी सहित २०६३ सालमा ३ जिल्ला कार्यक्षेत्र तोकेर इजाजत दिएको मितेरी बैंकले १९ वर्षको अवधिमा प्रादेशिक बैंकको दर्जा पाएको हो ।
आज धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष किसान मास्केले ‘प्रादेशिक स्तरको विकास बैंकको लागि राष्ट्र बैंकले चैत २० गते इजाजत पत्र दिएको उनले बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईँले राष्ट्र बैंकको मूल्याङ्कनमा मितेरी बैंक विकाश बैंकहरू मध्ये उत्कृष्ट बैंक रहेको बताए ।
मुलुकका बैंकहरूमा खराब कर्जाको विन्दु ५ प्रतिशत भन्दा माथि गएको बेला मितेरीले प्रतिशत १ प्रतिशत भन्दा तल राख्न सफल हुँदै आएको उनले बताए । ‘मितेरीले कर्जाको गुणस्तरप्रति ध्यान दिने भएकाले खराब कर्जाको प्रतिशत तल राख्न सफल भएको हो, उनले भने ।