logo
नेको इन्सुरेन्सले यस वर्ष लाभांश वितरण नगर्ने
नेको इन्सुरेन्सले यस वर्ष लाभांश वितरण नगर्ने
१९ मंसिर २०८०

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले यस वर्ष शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

मङ्सिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष (आव) ०७९/८० को अन्त्यसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै सोही बैठकले उक्त निर्णय अनुसार नेपाल बीमा प्राधिकरणमा पेस गर्ने र त्यहाँबाट स्वीकृत भएर आएपछि अनुमोदनको लागि आगामी साधारण सभामा पेस गर्ने निर्णय गरेको छ ।

कम्पनीले अघिल्लो आव २०७८/७९ मा सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिएको थियो । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.