साउन ५, काठमाडौं (अस) । नेपाल एक्सप्रेस फाइनान्स (नेपेक्स) लिमिटेडले आव २०७०/७१ मा रू. १३ करोड ८१ लाख सञ्चालन नाफा आर्जन गरेको छ । सो आवमा कम्पनीले रू. १ अर्ब ६ करोडभन्दा बढी निक्षेप सङ्कलन र रू. ८४ करोड ७३ लाख कर्जा लगानी गरेको बताएको छ ।
यो अघिल्लो आवको तुलनामा क्रमशः ३७ र २३ प्रतिशतले बढी भएको जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले निक्षेपकर्तालाई बचत खातामा ७ प्रतिशतसम्म र मुद्दती निक्षेपमा रू. १० प्रतिशतसम्म ब्याज प्रदान गर्दै आएको छ ।