काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाका संस्थापकले शेयर विक्री गर्ने भएका छन् । कम्पनीका विभिन्न ९ जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको कुल ६४ हजार ४४२ कित्ता शेयर विक्री गर्ने भएका हुन् । कम्पनीले विक्री गर्न लागेको शेयरको मूल्य तोकिएको छैन ।
कम्पनीको उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरूले ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । सो अवधिमा संस्थापकहरूले आवेदन नदिएको खण्डमा सर्वसाधारण लगानीकर्तालाई विक्री खुला गरिने कम्पनीले बताएको छ ।