काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । कम्पनीले गत चैत २१ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको एफपीओ वैशाख ७ गते विहान बाँडफाँट गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५१ लाख २९ हजार २५० रुपयाँबराबरको ५१ हजार २९२ दशमलव ५० कित्ता एफपीओ निष्कासन गरेको हो । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको एफपीओ खरीदका लागि कुल १९ लाख २३ हजार ४९० आवेदकहरुबाट २ करोड २१ लाख ७६ हजार ८४० कित्ता माग गरेका थिए ।
२ हजार ५२३ जना आवेदकको भने रितपूर्वक नभएपछि आवेदन रद्द भएको विक्री प्रबन्धकको भनाई छ । यस आधारमा योग्य १९ लाख २० हजार ९३९ आवेदकहरुलाई बाँडफाँटमा सहभागी गराइएको हो ।
मागभन्दा बढी आवेदन परेकाले कम्पनीको एफपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट भएको छ । भाग्यमानी ५ हजार १२९ आवेदकमा पहिलो चरणमा १० कित्ताका दरले एफपीओ बाँडफाँट गर्दा बाँकी रहेको २ दशमलव ५० कित्ता एफपीओ ५ हजार १२९ जना आवेदकमध्ये तीन जनालाई बाँडफाँट गरिएको भनाई विक्री प्रबन्धकको छ । दोस्रो चरणमा बाँडफाँट भएको एफपीओ २ जना आवेदकले ११ कित्ताका दरले र एक जनाले १० दशमलव ५० कित्ता प्राप्त गरेका छन् ।