काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १७ हजार ७१४ कित्ता संस्थापक शेयर निष्कासनमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनी व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर निष्कासनमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।