काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ३ करोड ८४ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. २ करोड ४७ लाखभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष इम्पेरमेन्ट चार्ज बढी हुँदा खुद नोक्सानीमा गएको हो ।
गत वर्ष रू. २ करोड १९ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ४ करोड ९९ लाखभन्दा बढी रहेको हो । गत वर्ष रू. ३ करोड ५४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनी यस वर्ष ३ करोड ८४ लाखभन्दा बढी सञ्चालन नोक्सानीमा गएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड ३० लाख ६ हजार रहेको छ । शेयर प्रिमियममा रू. ११ लाखभन्दा बढी रिटेन्ड अर्निङ रू. २ करोडभन्दा बढी र जगेडा कोष रकम रू. २० करोडभन्दा बढी रहेको छ ।
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ६ अर्ब ५८ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ५ अर्ब २७ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ३ दशमलव १९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ४ दशमलव ८९ प्रतिशत पुगेको छ ।
वार्षिक रू. ४६ दशमलव ८३ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव १७ रहेको छ ।