काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरणसम्बन्धी प्रस्ताव गरेको छ ।
कम्पनीले ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो वर्ष भने कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर घटेको छ ।