काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको बीमाङ्कीय मूल्याङ्कनको आधारमा बीमितहरूलाई प्रदान गर्ने बोनसदर सार्वजनिक गरेको छ । सार्वजनिक बोनसदर अनुसार बीमितले न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रतिहजारका दरले बोनस पाउनेछन् ।
कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ भने एकलतर्फ ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ ।
कम्पनीले त्रिपल सावधिक बीमामा बीमितलाई न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दिने भएको छ । त्यस्तै दम्पति सावधिक बीमा योजनामा पनि न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनसदर तोकेको छ ।
त्यसैगरी कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३५ रुपैयाँदेखि अधितम ७० रुपैयाँसम्म बोनस दिने भएको छ । अग्रिम भुक्तानी योजनामा बीमितले ३२ रुपैयाँदेखि ४२ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।
कम्पनीले तोकेको बोनसदर अनुसार बीमितले वार्षिक अग्रिम भुक्तानी योजनामा न्यूनतम १९ रुपैयाँ र अधिकतम २१ रुपैयाँ छ भने मुद्दति सुरक्षण बीमा योजना–नियमित शुल्कका सम्पूर्ण बीमा अवधिमा समान २४ रुपैयाँ र एकल शुल्कका सम्पूर्ण बीमा अवधिमा समान ५४ रुपैयाँ बोनसदर तोकिएको छ ।
त्यस्तै १५ वर्षे अग्रिम भुक्तानी योजनाका सबै बीमा अवधिमा ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनामा ४५ रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रुपैयाँ र सामूहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ प्रतिहजारका दरले बोनसदर तोकिएको छ ।
कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म र सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यस्तै सीमित भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर तोकिएको छ भने बाल सावधिक बीमा योजनामा बीमालेख अवधि अनुसार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ३४ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ ।
कम्पनीले यी बोनसदर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमलेखहरू लागू हुने जनाएको छ । साथै अर्काे बीमाङ्कीय मूल्यांकन अनुसार नेपाल बीमा प्राधिकरणबाट अर्काे व्यवस्था गर्न स्वीकृत नभएसम्म यही बोनसदर लागू हुने स्पष्ट पारेको छ ।