काठमाडौं । आइतवा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सात कम्पनीको शेयर मूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक,जीवन विकास लघुवित्त,आत्मनिर्भर लघुवित्त,कृषि विकास बैंक, छिमेक लघुवित्त वित्तीय संस्था,मितेरी डेभलपमेन्ट बैंक र चिलिमे जलविद्युत कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले चिलिमे हाइड्रोपावरको १० प्रतिशत, मितेरीको ९ दशलमव ५० प्रतिशत , छिमेक लघुवित्तको ८ प्रतिशत, कृषि विकास बैंकको ३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १४ दशमलव २५ प्रतिशत,जीवन विकास लघुवित्तको १४ प्रतिशत र र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।
समायोजन पश्चात महालक्ष्मी विकास बैंकको शेयर मूल्य रू. ३७७ दशमलव ६७, जीवन विकास लघुवित्तको रू. १ हजार ३७८ दशमलव ०७, आत्मनिर्भर लघुवित्तको रू. ५ हजार ७१५ दशमलव ५४, कृषि विकास बैंकको रू.३२४ दशमलव १७, छिमेक लघुवित्तको रू.८६१ दशमलव २०, मितेरी डेभलमेन्ट बैंकको रू. ६३५ दशमलव ३९ र चिलिमे हाइड्रोपावरको रू.५१८ दशमलव १८ कायम भएको छ ।
नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
आइतवार दोस्रो बजारमा चिलिमे हाइड्रोपावरको शेयर मूल्य रू.५७० , मितेरीको रू.६९५ दशमलव ८०, छिमेक लघुवित्तको रू.९३० दशमलव १०, कृषि विकास बैंकको रू.३३३ दशलमव ९०, आत्मनिर्भर लघुवित्तको रू.६ हजार ५३०, जीवन विकास लघुवित्तको रू. १ हजार ५७१, र महालक्ष्मी विकास बैंकको रू.३८९ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर कम्पनीको शेयर आगामी मंगलवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।