काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १ अर्ब १ करोडभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ६९ करोड ६१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ४५ प्रतिशतभन्दा बढी खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको वित्तीय आम्दानी करीब ४५ प्रतिशत बढी भएकाले खुद नाफा बढ्नमा सहयोग मिलेको हो । गत वर्ष रू. १ अर्ब ८ करोडभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ५६ करोडभन्दा बढी वित्तीय आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब ७१ करोड १९ लाख ८६ हजार रहेको छ ।
जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष करीब १० प्रतिशत कम रू. २ अर्ब ६६ करोडभन्दा बढी कायम भएको छ । कम्पनीले बैंक निक्षेपमा रू. १२ अर्ब ४० करोडभन्दा बढी लगानी गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव २१ र प्रतिशेयर नेटवर्थ रू. १०७ दशमलव शून्य २ रहेको छ ।