काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २५ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडौंमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सर्वसाधारण शेयरधनीहरूको तर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट मनोनयन तथा नियुक्तिलाई अनुमोदन गर्ने कार्यक्रम पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने कम्पनीको तयारी छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।