काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको १२ औं वार्षिक साधारण सम्पन्न भएकोे छ । सभा बुधवार बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७९/ ८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ ।
सभामा कम्पनीका अध्यक्ष बिजय मान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहेता पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै शेयरधनीको अपेक्षा पुरा गर्न कटिबद्ध रहेको बताए ।
त्यस्तै सभाले आर्थिक वर्ष २०८०/८१ को कारोबारको लेखापरिक्षण गर्न बाह्य लेखापरिक्षकको एन.बि.रोकाया एण्ड एसोसियट्स चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको हो ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस कम्पनीले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजारभन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै ४ अर्ब ४० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।