काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीले सूचना जारी गर्दै नाम परिवर्तन भएको जानकारी दिएको हो ।
सूचनाअनुसार अब कम्पनीको नाम हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गरिएको छ । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको राष्ट्रिय स्तरको यस कम्पनीको नाम परिवर्तनसम्बन्धी प्रस्ताव २०७९ फागुन २९ गते सम्पन्न ११औं वार्षिक साधारण सभाले पारित गरेको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनीको नाम परिवर्तनका लागि २०८० असार २१ गते स्वीकृति प्राप्त भएको कम्पनीले जानकारी गराएको छ । साविक कम्पनीको नाममा रहेको सम्पूर्ण चल/अचल सम्पत्ति तथा तिर्नु र व्यहोर्नुपर्ने कर, दायित्व आदि समेत परिवर्तित नामको कम्पनीले सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति प्रदान गरेको हो ।